Dang Post दांङ् पोस्ट

“सत्य र तत्यथा”
“जनताको समाचार”

२०८३ बैशाख ७ गते सोमबार

सबै दलहरु चुनावमा सहभागि हुन तयार भएका छन्

काठमाण्डौा, ५ कात्तिक । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा हिजो बेलुका बसेको सर्वदलीय बैठकमा सबै दलहरु चुनावमा सहभागि हुन तयार भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री कार्कीको आह्वानमा बसेको सर्वदलीय बैठकमा चुनावमा सहभागि हुन सबै दलहरु तयार भएको बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताउनुभयो ।

 

उहाँले चुनावमा सहभागि हुन सबै दल तयार भए पनि सुरक्षा व्यवस्थाप्रति संशय व्यक्त गरेका समेत जानकारी दिनुभयो । सबै दलहरुले चुनावमा भाग लिने कुरा गरेको तर चुनावमा भाग लिइरहँदा सरकारले सुरक्षाको वातावरण मिलाउनुपर्छ भन्ने चासो रहेको उहाँको भनाइ छ ।

 

छलफलमा जेन(जी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीको सम्बन्धमा छानविन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग दलहरुले राखेका पनि मन्त्री खरेलले बताउनुभयो । फागुन २१ का लागि तय भएको चुनावबारे केन्द्रित रहेर हिजो छलफल भएको हो ।

 

By Dang post दांङ् पोस्ट

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.