Dang Post दांङ् पोस्ट

“सत्य र तत्यथा”
“जनताको समाचार”

२०८३ बैशाख ७ गते सोमबार

घोराही १८ का वडाअध्यक्ष सहित १३ जना जुवाडे पक्राउ

घोराही १८ का वडाअध्यक्ष सहित १३ जना जुवाडे ४ लाख रकम सहित पक्राउ
दाङ,कात्तिक ३ । प्रहरीले घोराहीमा १३ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । उनीहरुलाई नगद ४ लाख रकम सहित पक्राउ गरिएको हो ।

आईतवार राति घोराही उपमहानगरपालिका वडा नं .१५ काठेकोहल स्थित रहेको होटल टी थ्रीमा जुवा खेलिरहेको सुचनाको आधारमा पुगेको प्रहरी टोलीले ९ जनालाई पक्राउ गरेको हो ।

होटलको कोठा नम्बर १०८ मा जुवा खेलिरहेका घोराही उपमहानगरपालिका वडा नं १८ का वडाअध्यक्ष भरतमणी अर्याल सहित ९ जनालाई नगद ३ लाख ४५ हजार ९ सय १५ रुपैया सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा अर्याल सहित घोराही उपमहानगरपालिका वडा नं.१८ का ४५ बर्षिय कृष्ण बहादुर घर्ती पनि पक्राउ परेका छन् । उनी घोराही १८ का पूर्व वडा सदस्य हुन् ।

घोराही १४ बस्ने बर्ष ६४ को नारायण प्रसाद अधिकारी, घोराही .१८ बस्ने बर्ष ४१ को माधव भण्डारी, घाृराही १७ बस्ने बर्ष ३७ को बिक्रम के.सी, घोराही १८ बस्ने बर्ष ४६ को लंक बहादुर बुढा, घोराही १८ बस्ते बर्ष १८ को सागर बुढा, तुलसीपुर उ.म.न.पा. वडा नं.१२ बस्ने बर्ष ३२ को प्रबिन रावत र राप्ती गा.पा. वडा नं.२ पाखापानी बस्ने बर्ष ३० को तेज प्रसाद आचार्यलाई पक्राउ गरिएको हो ।

यस्तै घोराही उपमहानगरपालिका वडा नं.१५ काठेकोहल स्थित मिरज श्रेष्ठको घरमा जुवा खेलिरहेका ४ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई नगद ६० हजार ६ सय ४० रुपैया सहित पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं.१८ रझेना बस्ने बर्ष ३० को अनुप कशौधन, घोराही.१५ काठेकोहल बस्ने बर्ष ४१ को ज्ञानेन्द्र रिजाल, घोराही १५ काठेकोहल कै बर्ष ३४ क एकराज खत्री र घोराही १४ बस्ने बर्ष ३२ को सोहेलमान मनसुरी रहेका छन् ।

By Dang post दांङ् पोस्ट

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.