Dang Post दांङ् पोस्ट

“सत्य र तत्यथा”
“जनताको समाचार”

२०८३ बैशाख ८ गते मंगलवार

अज्ञात व्यक्तिको गोली प्रहारबाट मन्दिरका पुजारीको मृत्यु

सप्तरीमा अज्ञात व्यक्तिको गोली प्रहारबाट एकजना मन्दिरका पुजारीको मृत्यु भएको छ । शनिबार राति जिल्लाको बोदेबर्साईन नगरपालिका– ८ रजकपट्टी कबिर बाबा मन्दिरको पुजारी सोही ठाउँ घर भएका ७० वर्षीय रामदुलार साहको गोली प्रहारबाट मृत्यु भएको हो ।

आफ्नो कुट्टीमा एक्लै बस्दै आएका पुजारी साह शनिबार राति करिब सवा १५ बजे कुट्टी अगाडि रहेको बाटोमा पाँच मिनेट गरिरहेको बेला अज्ञात व्यक्तिले चलाएको गोली लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गौतमकुमार केसीले जानकारी दिनुभयो ।

गोली हान्ने व्यक्ति तत्काल फरार रहेको र पहिचान समेत नखुलेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घटनास्थलबाट भारतको सिमानाका नजिक रहेकाले त्यसक्षेत्रमा चेकजाँचमा कडा पारिएको प्रहरी उपरीक्षक केसीले बताउनुभयो ।

By Dang post दांङ् पोस्ट

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.