Dang Post दांङ् पोस्ट

“सत्य र तत्यथा”
“जनताको समाचार”

२०८३ बैशाख ७ गते सोमबार

प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ९३ वटा बुलेट बाइक नियन्त्रणमा लियो

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाबाट एकैदिन ९३ वटा बुलेट बाइक नियन्त्रणमा लिएको छ ।

आवाज ठूलो पारेको र मोडिफाई (स्वरूप परिवर्तन) गरेको देखिएपछि बिहीबारदेखि बुलेट बाइक नियन्त्रणमा लिन शुरू गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) नरेश राज सुवेदीले जानकारी दिए ।

उनका अनुसार बुलेट बाइक चालकले आवाज ठूलो पारेर शान्ति भंग गरेको सर्वसाधरणले गुनासो गरेपछि  नियन्त्रणमा लिने अभियान थालिएको हो ।

कम्पनीबाट खरिद गरेको बेलाको भन्दा फरक गरि बाइक चालकले मोडिफाई गरेर आवाज ठूलो बनाउँदै आएका थिए ।

नियन्त्रणमा लिइएका बाइकलाई पुरानै अवस्थामा ल्याउने शर्तमा जरिवाना गराएर छाड्ने तयारी ट्राफिक प्रहरीको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा सवारी साधनको स्वरूप परिवर्तन गरी सवारी साधन चलाउँदा १,००० देखि १५,००० सम्म जरिवाना हुने व्यवस्था रहेको छ । जेनजी प्रदर्शनमा पनि बुलेट बाइकमा चढेर टीओबी लेखेका टिर्सट लगाएकाहरूले होहल्ला गरेका थिए । प्रहरीले उनीहरूमाथि समेत निगरानी बढाएको छ ।

By Dang post दांङ् पोस्ट

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.