Dang Post दांङ् पोस्ट

“सत्य र तत्यथा”
“जनताको समाचार”

२०८३ बैशाख ८ गते मंगलवार

दाङ मा खुकुरी प्रहार हुँदा एक युवक घाइते

दाङ । तुलसीपुर उपमहानगरपालिका–८ कृष्ण मन्दिर नजिक खुकुरी प्रहार हुँदा एक युवक घाइते भएका छन् ।

असोज ३० गते दिउँसो करिब १ बजे तुलसीपुर–८ अश्वार बस्ने करिब २४/२५ वर्षीय सन्दीप भन्ने व्यक्तिले तुलसीपुर–५ रानीजरुवाका २५ वर्षीय पोषण डागीमाथि खुकुरी प्रहार गरेका हुन् ।

प्रहरीका अनुसार मोटरसाइकल रोकि एक्कासि खुकुरी प्रहार गर्दा डागीको दायाँ हातको चोर औंला र माझी औंलामा चोट लागेको छ । उनलाई तत्काल उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्‍याइएको थियो । उपचारपछि दिउँसो करिब २ बजेर २५ मिनेटमा डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।

घटनापछि इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब निरीक्षक विनोदराज खत्रीको कमाण्डमा पाँच जनाको टोली र प्रहरी चौकी बेलुवाका प्रहरी सहायक निरीक्षक प्रकाश नेपालीको कमाण्डमा टोली खटिएको थियो ।

खुकुरी प्रहारमा संलग्न २२ वर्षीय रिजन बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अन्य फरार रहेका व्यक्तिहरुको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

By Dang post दांङ् पोस्ट

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.