Dang Post दांङ् पोस्ट

“सत्य र तत्यथा”
“जनताको समाचार”

२०८३ बैशाख ८ गते मंगलवार

प्रहरीले जुवाडे पक्राउ गरेको छ

मध्यराति घोराहीस्थित राप्ती सुपुर लजमा छापा हानेर एक लाख ८८ हजार बढी रकमसहित १२ जुवाडे पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

दाङ प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार घोराही उपमहानगरपालिका –१५ का खिमबहादुर डाँगी, पंकज न्यौपाने, सूर्य बोहरा, आकाश लम्साल, गोविन्द डाँगी, रजनिस चौधरी, घोराही –१४ का विष्णु गुप्ता लगाएत पक्राउ परेका छन् ।

जुवा खेलीरहेको अवस्थामा पक्राउ पर्ने अन्यमा तुलसीपुर उपमहानगरपालिका – ९ का गमबहादुर चलाउने, वीरबहादुर बस्याल, तुलसीपुर – ६ का सुरेन्द्र हमाल पनि छन् ।

प्रहरीले राप्ती सुपर लज होटेलका म्यानेजर सुरज पुनलाई पनि पक्राउ गरि आवश्यक अनुसन्धान थालेको छ ।

राप्ती सुपुर लजमा जुवा भइ रहेको गोप्य सूचनाको आधारमा मध्य रातिमा पुगेको प्रहरीले छापा हानेर जुवाडे पक्राउ गरेको थियो ।

पक्राउ परेका सबैलाई म्याद थपका लागि जिल्ला अदालत घोराहीमा लगिएको छ ।

By Dang post दांङ् पोस्ट

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.