Dang Post दांङ् पोस्ट

“सत्य र तत्यथा”
“जनताको समाचार”

२०८३ बैशाख ८ गते मंगलवार

गुण्डा नाइके दावा, सगुन, झिगे समूहले ठूलाे तयारी गरेका बेला कांग्रेस कार्यालयबाट ठूलाे संख्यामा लठ्ठी बरामद

केन्द्रीय कार्यसमितिको बैठक शुरू हुन केही समय बाँकी रहेका बेला नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपाबाट प्रहरीले ठूलाे संख्यामा लठ्ठी बरामद गरेको छ ।

मंगलबार कांग्रेस केन्द्रीय कार्यालयमा सुरक्षाका लागि खटिएको प्रहरीले ठूलाे संख्यामा लठ्ठी बरामद गरेकाे हाे । प्रहरीका अनुसार कांग्रेसकाे केन्द्रीय कार्यालयबाट बरामद भएको लठ्ठी कसले कुन उद्देश्यले राखेको हाे अनुसन्धान शुरू भएको छ ।

प्रहरीको उच्च निगरानीमा रहेका गुण्डा नाइके दावा लामा, सगुन श्रेष्ठ, सञ्जय लामा `झिगे´ लगायतको समूहले मंगलबार कांग्रेस केन्द्रीय कार्यालय घेराउ गर्ने भनेर तयारी गरेका बेला ठूलाे संख्यामा लठ्ठी भेटिएको छ । दावा, सगुन, झिगेकाे समूह महामन्त्री गगनकुमार थापा निकट मानिन्छन् । उनीहरूले नियमित रुपमा थापासंग भेट गरेर कांग्रेस केन्द्रीय कार्यालय घेराउकाे रणनीति बनाएका थिए ।

गुण्डा नाइके दावा, सगुन, झिगेकाे तयारी थाहा पाएपछि प्रहरीले उनीहरूलाई निगरानीमा राखेर कांग्रेस केन्द्रीय कार्यालयमा सुरक्षा दिएकाे छ ।

By Dang post दांङ् पोस्ट

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.