Dang Post दांङ् पोस्ट

“सत्य र तत्यथा”
“जनताको समाचार”

२०८३ बैशाख ८ गते मंगलवार

तोडफोडका घटनामा संलग्‍न भएको अभियोगमा थप ११ जना पक्राउ

गत भदौ तेस्रो साता भएको ‘जेनजी’ प्रदर्शनका क्रममा काभ्रेमा तोडफोड, आगजनी तथा अन्य घटनामा संलग्न भएको अभियोगमा थप ११ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयबाट धरौटीमा रिहा भएलगत्तै पुनःपक्राउ गरेको हो।

धरौटी बुझाएलगत्तै प्रहरीले सोही स्थानबाट पक्राउ गरी पुनःअभद्र व्यवहारमा मुद्दा दर्ता गरेको छ। जिल्ला अदालतबाट आठ जना र प्रशासन कार्यालयबाट तीन जनालाई धरौटीमा छाड्ने आदेश भएपछि उनीहरूलाई पुनःपक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ। पक्राउ परेका सबैलाई ईलाका प्रहरी कार्यालय बनेपाले अभद्र व्यवहारमा शुक्रबार म्याद थप गरेको हो।

पक्राउ परेका सबै प्रहरी कार्यालय लुटपाट, तोडफोड र आगजनीमा संलग्न भएको जनाइएको छ। पक्राउ परेकामध्ये एकजना राजधानीमा बैंकमा भएको नगद र सुन लुटपाटमा संलग्न भएका थिए।

यसअघि आन्दोनका क्रममा विभिन्न कारागारबाट भागेका ३७ कैदीबन्दीलाई प्रहरीले काभ्रेबाट पक्राउ गरी सम्बन्धित कारागार पठाइएको जनाएको थियो। पक्राउ परेकामध्ये केन्द्रीय कारागारका १८, डिल्लीबजार कारगारका १४, नख्खु कारागारका तीन र सिन्धुली कारागारका दुई जना रहेका थिए।

कार्यालयका अनुसारअनुसार नियन्त्रणमा लिई धुलिखेस्थित हिरासतमा राखिएका कर्तव्य ज्यान मुद्दाका १२, जबरजस्ती करणीका नौ, लागुऔषधका चार, चोरीका चार, अपहरण तथा शरीर बन्धकका दुई, सवारी ज्यानका दुई, ठगीका दुई, मानव बेचविखनका एक तथा ‘ओभर स्टे’ एक जनालाई सम्बन्धित कारागार कार्यालयमा पठाइएको हो।

‘जेनजी’ प्रदर्शनका क्रममा काभ्रेका चार जना काठमाडौंमा मारिएका थिए। रासस

By Dang post दांङ् पोस्ट

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.