Dang Post दांङ् पोस्ट

“सत्य र तत्यथा”
“जनताको समाचार”

२०८३ बैशाख ८ गते मंगलवार

प्रहरीको अर्को ठूलो सफलता जुवाडे समातेपछि आज यौन धन्दा गराउने होटलहरूमा छापा, ४५ जना नियन्त्रणमा

२४ श्रावण नेपालगंज

सिद्धार्थ जंग शाह।

​जिल्ला प्रहरी बाँकेको कमान्ड एस.पी. अंगूर जीसीले सम्हालेदेखि नेपालगञ्जमा सञ्चालन हुँदै आइरहेका विभिन्न गैरकानुनी कामहरूमा नियन्त्रण गर्न प्रहरी एक्सनमा आएको छ।

​साउन २३ गते होटल मौरीमा छापा हानी १४ जना जुवाडेलाई समाती मुद्दा चलाएलगत्तै, आज फेरि नेपालगञ्जमा सञ्चालन हुँदै आइरहेका दंगाली होटल, मिलन कटेज, रिवर साइड होटल र भेरी कर्णाली होटलमा विशेष सूचनाको आधारमा एकैसाथ छापा हानिएको छ।

यौन धन्दामा संलग्न ३१ जना महिला र १४ जना पुरुष गरी कुल ४५ जनालाई नियन्त्रणमा लिइएको स्रोतले जनाएको छ। पक्राउ पर्ने पुरुषहरूमध्ये धेरैजसो भारतीय नागरिक रहेको पनि स्रोतले बताएको छ।

बाँके प्रहरीले समाजमा शान्ति र सुव्यवस्था कायम गर्न, खासगरी नेपालगन्जमा मौलाएको जुवा र यौन धन्दाजस्ता गैरकानुनी गतिविधिमा लगाम लगाउन गरेको यो कार्य निकै प्रशंसनीय छ।

​यो कदमले गैरकानुनी काममा संलग्न हुनेहरूलाई कडा सन्देश दिएको छ।

By Dang post दांङ् पोस्ट

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.