Dang Post दांङ् पोस्ट

“सत्य र तत्यथा”
“जनताको समाचार”

२०८३ बैशाख ७ गते सोमबार

जेलबाट भागेका दाङका आकाशले ठमेलमा युवकको हत्या गरे

२५ असोज ।कारागारबाट भागेका अपराधिहरु व्यक्ती हत्या र चोरीमा संलग्न रहेको पाइएको छ । आफुले गरेको गल्तीबाट प्रायश्चित गरेर सुध्रिनुको साटो झनै अपराधिक घटनामा सक्रिय हुनथालेपछि समाजमा त्रास बढ्न थालेको छ । जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार भएका कैदी आकाश मगर फेरि आपराधिक गतिविधिमा संलग्न भएका छन्। राजधानीको पर्यटक क्षेत्र ठमेलमा उनले एक युवकको हत्या गरेको खुलासा भएको छ।

प्रहरीका अनुसार दाङको राप्ती गाउँपालिका–१ का आकाश मगरले मकवानपुर घर भई बालाजु मनमैजु बस्ने २५ वर्षीय सुरज तामाङलाई असोज १३ गते राति ठमेलस्थित ह्याप्पी होटल अगाडि खुकुरी प्रहार गरेका थिए। गम्भीर घाइते तामाङको उपचारका क्रममा असोज १४ गते वीर अस्पतालमा मृत्यु भएको काठमाडौं प्रहरी परिसरले पुष्टि गरेको छ।

नख्खु कारागारबाट गत भदौ २४ गते फरार भएका आकाश मगर लागूऔषध मुद्दामा २०८० असोज २७ गतेदेखि कैद जीवन बिताइरहेका थिए। जेन–जी आन्दोलनका क्रममा भएको व्यापक अशान्तिपछि उनले अन्य कैदीसँगै भागेका थिए।

त्यो दिन नख्खुबाट मात्र होइन, देशभरका थुप्रै जेलबाट कैदी बन्दीहरू फरार भएका थिए। अनुमान अनुसार सो क्रममा कम्तीमा १५ हजार कैदी बन्दी भागेका थिए, जसमा अझै करिब ८ हजार फरार रहेको प्रहरी तथ्यांकले जनाउँछ।

यसअघि पनि नख्खुबाट भागेका कैदीले पुनः अपराध गरेका घटना सार्वजनिक भइसकेका छन्। काभ्रेको पनौती नगरपालिका–१२ का सन्तबहादुर तामाङले असोज ५ गते आफ्नै श्रीमती मनीषाको हत्या गरेका थिए। प्रहरीले आकाश मगरको खोजी तीव्र पारेको बताएको छ। ठमेल घटनामा अन्य व्यक्तिहरूको संलग्नता पनि हुनसक्ने भन्दै अनुसन्धान जारी रहेको छ।

By Dang post दांङ् पोस्ट

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.