नेकपा एमालेका स्थायी कमिटीका सदस्य महेश बस्नेतले जेनजीको नाममा अराजकता मच्चाउनेविरुद्ध देशव्यापी अभियान चलाइने बताएका छन्। दसैं सकिएकाले अब एमाले र कांग्रेसका भातृसंगठन हातेमालो गर्दै अगाडि बताए।

उनले भने,‘अनेरास्वियु अब नेविसंघलाई साथमा लिन्छ। तरुण दललाई साथमा लिएर राष्ट्रिय युवा संघ अगाडि बढ्छ। अब सँगै अगाडि बढ्छ।’ उनले जेनजी नामको बदनाम भएकाले एमालेले डिजिटल जेनजीको रुपमा देश व्यापी अगाडि बढाउने उल्लेख गरे। बस्नेतले भने, ‘भ्रष्टाचारविरुद्धको अभियानमा साथ दिन्छौं। हामीविरुद्ध पनि आशंका छ भने छानबिनमा साथ दिन्छौं। तपाईंहरुको उचालेर र घाइतेको रगतमा होलि खेलेर सरकारमा गएकाको पनि छानबिन गर्नुपर्छ।’
पूर्वमन्त्री बस्नेतले उर्जामन्त्री कुलमान घिसिङको मुद्दा अख्तियार दूरुपयोग अनुसन्धान आयोग र संसदीय समितिमा दर्ता भइसकेकाले उनीमाथि पनि छानबिन गर्नुपर्ने आवाज जेन्जीले पनि उठाउनुपर्ने बताए। यसैगरी अर्थमन्त्री रामेश्वर खनालबाटै सम्पत्ति शुद्धीकरणको अभियान चलाउन सुरुवात गर्नुपर्ने माग गरे।
उनले प्रचण्डलाई जेन्जीले केपी शर्मा ओली र शेरबहादुर देउवाविरुद्ध पो आन्दोलन गरेको भनेपछि मख्ख परेको र आन्दोलनमा साथ दिएको उल्लेख गरे।
