Dang Post दांङ् पोस्ट

“सत्य र तत्यथा”
“जनताको समाचार”

२०८३ बैशाख ८ गते मंगलवार

बाढीपहिरोबाट सडक पूर्वाधारमा ७ अर्बको क्षति आकलन

  • अहिलेसम्मको क्षतिअनुसार सडक र पुललाई पहिलाकै अवस्थामा ल्याउने गरी पुनर्निर्माण गर्न १० अर्ब ६८ करोड रुपैयाँ लाग्ने अनुमानित लागत निकालिएको सडक विभागका प्रवक्ता प्रभातकुमार झाले बताए ।
    • बाढीपहिरोका कारण सडक पूर्वाधारमा ७ अर्बभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ, जसमा पुलमा मात्र ९१ करोडको क्षति पुगेको छ।
    • सडक र पुल पुनर्निर्माणका लागि १० अर्ब ६८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ भने प्रभावित सडक खण्डमा सवारी आवागमन ठप्प भएको छ।
    • सरकारले अवरुद्ध सडक सञ्चालनलाई उच्च प्राथमिकतामा राखी उपकरण र जनशक्ति परिचालन गरेर पुनर्निर्माणको काम अघि बढाइरहेको छ।
    यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

    काठमाडौँ —बाढीपहिरोका कारण सडक पूर्वाधारमा ७ अर्बभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । त्यसमध्ये पुलमा मात्र बाढीपहिरोबाट ९१ करोडको क्षति भएको बताइएको छ । यो अनुमानित लागत रहेको र क्षति विवरण आउने क्रममै रहेको सडक विभागले जनाएको छ

    अहिलेसम्मको क्षतिअनुसार सडक र पुललाई पहिलाकै अवस्थामा ल्याउने गरी पुनर्निर्माण गर्न १० अर्ब ६८ करोड रुपैयाँ लाग्ने अनुमानित लागत निकालिएको सडक विभागका प्रवक्ता प्रभातकुमार झाले बताए । ‘यो अनुमानित लागत विवरण हो,’ उनले भने, ‘यो लागत तलमाथि हुन सक्छ ।’

    बाढीले क्षति गरेका सडक र पुल पुनर्निर्माण गर्न त्यसको डिजाइन गरी ठेक्का प्रक्रियाबाट अघि बढाउनुपर्छ । त्यसका लागि समय लाग्ने विभाग स्रोतले जनाएको छ । अहिले सबैभन्दा बढी क्षति मेची राजमार्ग र मेची करिडोर सडकमा भएको छ ।

    यस खण्डको सवारी आवागमन प्रभावित बनेको छ । बीपी राजमार्गमा पनि सवारी आवागमन ठप्प छ । गत वर्ष यो राजमार्गमा करिब १२ किलोमिटर सडक बाढीले बगाएको थियो । सडक स्थायी रूपमा निर्माणका लागि ठेक्का प्रक्रिया पूरा भए पनि एक वर्षसम्म अस्थायी मर्मतकै भरमा सवारी सञ्चालन गरिएको थियो ।

    बर्खा सकिएर दसैंपछि स्थायी निर्माणको काम थाल्ने तयारीमा ठेक्का लगाउने निकाय थिए । यही बेला पुनः अस्थायी संरचना बाढीले बगाइदिएका कारण यातायात ठप्प बनेको हो । अहिले यस खण्ड भएर गुड्ने सवारी साधनलाई सिन्धुलीको खुर्कोबाट रामेछापतिर डाइभर्ट गरिएको छ । रामेछापको मन्थली, दोलखाको चरिकोट, मुडे, सिन्धुपाल्चोकको खाडीचौर, दोलालघाट–काभ्रे हुँदै पूर्वबाट आउने सवारीसाधन राजधानी भित्रिने गरेका छन् ।

    अहिले यस खण्डमा सवारी चाप बढिरहेको र घण्टौं ट्राफिक जाम झेलेर यात्रु गन्तव्यमा पुग्न बाध्य छन् । साँघुरा सडकमा ठूला यात्रुवाहक र मालवाहक सवारी चलाउँदा ट्राफिक जाम बढी हुने गरेको छ । बाढीले क्षति गरेको बीपी राजमार्गमा शुक्रबार बिहानसम्म अस्थायी डाइभर्सन बनाएर सवारी साधन सञ्चालनमा ल्याइने सडक विभागका महानिर्देशक विजय जैसीको दाबी छ ।

    ‘सिन्धुलीतर्फ नेपालथोकबाट सडक खुलाउँदै काभ्रेतर्फ ल्याएका छौं,’ जैसीले भने, ‘काम धमाधम भइरहेको छ, चारसयबेसी र चौकीडाँडामा समस्या छ, त्यही भएर मेसिन र जनशक्ति पनि यस खण्डमा बढी प्रयोग गरेर शुक्रबार बिहानसम्म गाडी चलाउने तयारी छ ।’ सबै राजमार्ग र सडकमा पर्याप्त प्राविधिक जनशक्ति र मेसिन प्रयोग गरेर काम गरिरहेको उनले बताए ।

    ‘मेची रामार्गको माइखोला–भन्ज्याङ खण्डमा समस्या छ,’ जैसीले भने, ‘सडक सुधारको काम भइरहेको छ, सवारी सञ्चालनमा आउन केही समय लाग्छ ।’ कोशी राजमार्गको संखुवासभास्थित अलफाटेमा पनि ठूलो पहिरो खसेर समस्या भएको जैसीले जनाए । अन्यत्र अहिलेसम्म मुख्य सडक ठप्प नरहेको र पहिरो खस्नासाथ पन्छाएर यातायात सञ्चालन गरिएको उनले सुनाए । ‘बाढीले क्षति गरेका पुल र सडकको पुनर्निर्माण थालिहाल्न बजेट छैन,’ उनले भने, ‘तर ढिला हुन दिँदैनौं, छिट्टै बजेट व्यवस्थापन गरेर काम अघि बढाइहाल्छौं ।’

    सडक डिभिजन ललितपुरअन्तर्गत सातदोबाटो–सुनाकोठी–टीकाभैरव सडकमा बाढीपहिरोले गर्दा १३ करोड २० लाखको क्षति भएको छ । मध्यपहाडी राजमार्गअन्तर्गत घुर्मी–खुर्कोट, जयरामघाट–हलेसी सडक खण्डमा पहिरो खसेर क्षति भएको छ । यस खण्डको ठाउँ–ठाउँमा पहिरो खसेको छ । पहिरो पन्छाउँदै सडक सञ्चालनमा ल्याइएको छ ।

    बेनी–जोमसोम–कोरला सडकको शिरुवारी खण्डमा बाढीले सडक बगाउँदा ६८ करोडको क्षति भएको छ । यही खण्डको विभिन्न स्थानमा पहिरो खसेर थप क्षति भएको सडक विभागले जनाएको छ । उत्तर–दक्षिण जोड्ने राजमार्गको कोशी कोरिडोरको खाँदबारी–किमाथांका सडकअन्तर्गत भोटखोला र समटार–मकालु खण्डमा पनि पहिरो खसेर क्षति भएको छ ।

    मेची राजमार्गको पुनर्निर्माणका लागि डेढ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । क्षति पुगेका कोशी, मध्यपहाडी, हुलाकी, अरनिको, कान्ति, नारायणगढ–मुग्लिनलगायत राजमार्गका विभिन्न खण्डमा बाढीले क्षति गरेका कारण पुनर्निर्माण गर्नुपर्ने भएको छ । वैकल्पिक सडक पुनर्निर्माणका लागि एक अर्ब ५९ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

    बाढीपहिरोबाट क्षति पुगेर अवरुद्ध बनेका सडक सञ्चालन उच्च प्राथमिकतामा राखी मातहतका निकायले काम गरिरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङको भनाइ छ । अवरुद्ध सडक सक्दो छिटो सञ्चालन गर्न उपकरण र जनशक्ति परिचालन गरिएको र कामबारे नियमित अनुगमन भइरहेको पनि मन्त्री घिसिङले जना

By Dang post दांङ् पोस्ट

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.