Dang Post दांङ् पोस्ट

“सत्य र तत्यथा”
“जनताको समाचार”

२०८३ बैशाख ८ गते मंगलवार

कर्तव्य ज्यान मुद्दामा २० बर्ष काराबास सजाय

दाङ, असोज २२ । कर्तव्य ज्यान मुद्दामा २० बर्ष काराबास सजाय तोकिएका सुर्खेतको लेकवेशी नगरपालिका – २ का गिरबहादुर दमाई पक्राउ परेका छन् ।

भदौ २४ गते जेनजी आन्दोलनका क्रममा काठमाडौंस्थित जगननाथदेवल कारागारबाट उनी भागेका थिए ।

जेनजी आन्दोलनको फाइदा उठाउँदै जेलबाट भागेर सुर्खेतमा आइ लुकिछिपी बस्दै आएका दमाईलाई फेला पारी बुधबार पक्राउ गरि गरिएको थियो ।

जिल्ला प्रहरी प्रबक्ता डिएसपी मोहनजंग बुढथापाले फरक मुद्दाका दुई फरार प्रतिबादीलाई पनि पक्राउ गरिएको बताए ।
जसमध्य वीरेन्द्रनगर नगरपालिका – ९ का फरार प्रतिबादी सुशिल बोगटीपनि बुधबार पक्राउ परेका थिए ।

बोगटी नकबजनी चोरी मुद्दामा ३ महिना ९ दिन जेल सजाय र ३९ हजार बढी आर्थिक जरिवाना तोकिएका ब्यक्ति हुन ।

त्यस्तै जबरजस्ती करणी सम्बन्धी चालु मुद्दाका फरार प्रतिबादी जाजरकोटको जुनीचाँदी गाउँपालिका – ११ का प्रेमबहादुर चदारा मंगलबार पक्राउ परेका छन् ।

By Dang post दांङ् पोस्ट

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.