Dang Post दांङ् पोस्ट

“सत्य र तत्यथा”
“जनताको समाचार”

२०८२ माघ १६ गते शुक्रबार

मुद्दा हार्ने देखेपछि न्यायाधीशलाई इजलासमै गोली प्रहार

स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार यो मुद्दा सम्पत्तिको विवादबारे थियो र ती व्यक्तिले आफुले मुद्दा हार्ने देखपछि न्यायाधीशलाई गोली हानेका थिए

  • अल्बानियाको तिरानामा एक अदालतमा मुद्दाको सुनुवाई गरिरहेका न्यायाधीश एस्ट्रिट कालाजालाई अभियुक्तले गोली हानेर हत्या गरेका छन्।
  • गोली हान्ने व्यक्तिलाई प्रहरीले तुरुन्तै पक्राउ गरेको छ र आक्रमणमा अन्य दुई जना घाइते भएका छन्।
  • प्रधानमन्त्री एडी रामाले कडा सजायको माग गर्दै घटनालाई दुःखद भनेका छन् र राष्ट्रपति बजराम बेगजले यसलाई न्याय प्रणालीमाथि आक्रमणको संज्ञा दिएका छन्।

२१ असोज, अल्बानिया । अल्बानियाको राजधानी तिरानाको एक अदालतमा सोमबार वयान दिन अदालतमा पुगेका एक व्यक्तिले गोली चलाउँदा मुद्दाको सुनुवाई गरिरहेका न्यायाधीशको मृत्यु भएको प्रहरीले जनाएको छ। आक्रमणबाट अन्य दुई जना घाइते भएको बताइएको छ ।

पुनरावेदन अदालतका न्यायाधीश एस्ट्रिट कालाजाले ती व्यक्तिको मुद्दाको सुनुवाई गरिरहेका बेला अभियुक्तले गोली चलाएको बताइएको छ । प्रहरीले गोली हान्ने व्यक्तिलाई तुरुन्तै पक्राउ गरिएको बताएको छ ।

गोली लागी घाइते भएका न्यायाधीशलाई अस्पताल लगिएको तर बाटोमै उनको मृत्यु भएको थियो,’ प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

मुद्दाको अर्को पक्षका एक बाबुछोरालाई पनि गोली हानिएको थियो जसबाट उनीहरू घाइते भएका थिए । अस्पतालमा उपचाररत उनीहरूको स्वास्थ्य अवस्था स्थिर भएको प्रहरीले चिकित्सकलाई उद्धृत गरी जानकारी गराएको छ।

उनले यस्ता अपराधका लागि आक्रमणकारीविरुद्ध सबैभन्दा कडा कानुनी कारबाहीको माग गरिएको बताए ।

राष्ट्रपति बजराम बेगजले एक विज्ञप्ति जारी गर्दै उक्त आक्रमणलाई ‘सम्पूर्ण न्याय प्रणालीमाथि भयानक आक्रमण’ को संज्ञा दिएका छन् ।
अल्बानियाली कानून अनुसार अवैध रूपमा बन्दुक राख्नेलाई तीन वर्षसम्मको जेल सजाय हुन्छ । एएफपी

By Dang post दांङ् पोस्ट

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.