Dang Post दांङ् पोस्ट

“सत्य र तत्यथा”
“जनताको समाचार”

२०८३ बैशाख १० गते बिहीबार

देशभर बदली, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ, २० असार। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा औसत स्थानको आसपास रहेकाले आज (शुक्रबार) देशभर बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसोको मौसम:

महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो स्थानमा र अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। विशेषगरी, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा भने भारी वर्षा हुन सक्नेछ। यसैगरी, देशका उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै हिमपातको पनि सम्भावना रहेको छ।

आज रातिको मौसम:

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र अन्य प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ। साथै, देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना यथावत रहनेछ।

मनसुनी गतिविधि सक्रिय रहेकाले यात्रा गर्दा वा बाहिर निस्कँदा सावधानी अपनाउनु होला।

By Dang post दांङ् पोस्ट

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.