Dang Post दांङ् पोस्ट

“सत्य र तत्यथा”
“जनताको समाचार”

२०८३ बैशाख १० गते बिहीबार

बंगलाचुली गाउँपालिकाद्वारा कृषकलाई मुर्रा राँगो वितरण: नस्लसुधारमा टेवा

दाङ,२० असार। दाङको बंगलाचुली गाउँपालिकाले यहाँका कृषक समूहहरूलाई मुर्रा जातको राँगो वितरण गरेको छ। गाउँपालिकाले नस्लसुधार कार्यक्रमअन्तर्गत लागत साझेदारीमा १०० प्रतिशत मुर्रा राँगो वितरण गरेको हो।

गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको उपस्थितिमा आज स्वामीघाटस्थित जनहित कृषक समूह र गोठीवनमा रहेको कस्तुरी कृषक समूहलाई भारतको हरियाणाबाट ल्याइएका मुर्रा राँगो हस्तान्तरण गरियो। अध्यक्ष पुनमगरले राँगोलाई कृषक समूहको जिम्मा लगाउनुभएको थियो।

यस कार्यक्रमका लागि गाउँपालिका र कृषक समूहहरूले बराबर अर्थात् ५०/५० प्रतिशत लागत साझेदारी गरेका छन्। कुल ४ लाख रुपैयाँमा खरिद गरिएका यी राँगोमध्ये प्रत्येकको मूल्य २ लाख रुपैयाँ परेको बंगलाचुली गाउँपालिका पशु सेवा शाखा कार्यालयका पशुस्वास्थ्य अधिकृत माधव भट्टराईले जानकारी दिनुभयो।

राँगो वितरण समारोहमा बंगलाचुली गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष झविन्द्रबहादुर गाहा मगर, गाउँपालिकाका पशु सेवा शाखा प्रमुख माधव भट्टराई र सहायक कम्प्युटर अपरेटर प्रेमबहादुर डाँगी लगायतको उपस्थिति थियो। यो वितरणले स्थानीयस्तरमा पशुपालनको नस्लसुधारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

By Dang post दांङ् पोस्ट

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.